दस सफा मुलुक
                                हामीकहाँ मुलुकको राजधानीमा समेत                                  कहिले महानगरपालिका र फोहोर फाल्ने कर्मचारीबीचको                                  पौँठेजोरी त कहिले डम्पिङ् साइटका बासिन्दाको हडतालका                                  कारण सहरको मुटुमै फोहोर थुपि्रएको हुन्छ । तर,                                  केही युरोपेली र अङ्ग्रेजीभाषी पश्चिमा मुलुकले                                  संसारकै सबैभन्दा सफा देशको कीर्तिमान राखेका छन्                                  । संसारका सबैभन्दा सफा १० मुलुकमा एउटै पनि एसियाली                                  मुलुक परेको छैन ।
                                
                                १                                    फिनल्यान्ड १                                    फिनल्यान्ड
-  २ नर्वे
-  ३ क्यानाडा
-  ४ स्वीडेन
-  ५ स्वीट्जरल्यान्ड
-  ६ न्युजिल्यान्ड
-  ७ अस्ट्रेलिया
-  ८ अस्टि्रया
-  ९ आइसल्यान्ड
-  १० डेनमार्क
विद्यार्थी बटुल्ने होडबाजी                                  
                                 आधा                                  दर्जन शिक्षकको डप् mफासहित प्राचार्य चेतनाथ दाहाल                                  झोलामा पर्चा बोकेर विद्यार्थी खोज्न गाउँघर पसेका                                  छन् । गत वर्ष उदयपुरको रामपुरठोक्सिला गाविस-८                                  गुरुङचौरीमै उच्च माध्यमिक विद्यालय सञ्चालन भएपछि                                  विद्यार्थीको घरदैलो पुग्ने क्रम सुरु भएको हो ।
आधा                                  दर्जन शिक्षकको डप् mफासहित प्राचार्य चेतनाथ दाहाल                                  झोलामा पर्चा बोकेर विद्यार्थी खोज्न गाउँघर पसेका                                  छन् । गत वर्ष उदयपुरको रामपुरठोक्सिला गाविस-८                                  गुरुङचौरीमै उच्च माध्यमिक विद्यालय सञ्चालन भएपछि                                  विद्यार्थीको घरदैलो पुग्ने क्रम सुरु भएको हो ।                                  
                                क्याम्पस पढ्नका निम्ति झिटीगुन्टा                                  कसेर सहरतिर हिँड्न लागेका विद्यार्थीलाई उनीहरू                                  सम्झाउँदैछन् । "हाम्रो एक मात्र मिसन पहाडी                                  भेगका विद्यार्थीलाई हाम्रो उच्च माविमा भर्ना हुन                                  प्रोत्साहित गर्नु हो," शिक्षक समीर गुरुङ                                  भन्छन् । कोसी उच्च माविका शिक्षक पनि दोब्बर विद्यार्थी                                  भर्ना गर्ने प्रतिस्पर्धामा गाउँ पसेका छन् ।
                                सहरका उच्च मावि र क्याम्पसहरू                                  होर्डिङ्बोर्ड र ठूल्ठूला विज्ञापनबाट विद्यार्थी                                  तान्ने होडबाजीमा लागेका बेला ग्रामीण भेगका उच्च                                  माविहरूले विद्यार्थी बटुल्ने यो नयाँ काइदा निकालेका                                  हुन् । यसलेे गाउँको शैक्षिक स्तर उकास्न मद्दत                                  पुर्याउने स्थानीयवासीहरूको अपेक्षा छ । 
                                                              पीपलको पातमा मोबाइल चार्ज                                  
                                 पीपलको                                  पातबाट मोबाइलको ब्याट्री चार्ज गर्नु विज्ञानलाई                                  चुनौती होइन त ? हो, सदरमुकाम विदुरबाट १७ किलोमिटर                                  टाढाको बेल्कोट गाविसका १, २ र ३ नं वडाका झन्डै                                  ५० वटा मोबाइलधारीहरू पीपलको पातबाटै आफ्नो मोबाइल                                  चार्ज गर्छन् । "दस दिन भयो बिजुलीबाट मोबाइल                                  चार्ज नगरेको, पीपलको पातबाटै चार्ज भइरहेछ,"                                  स्थानीय हरशिरण कँडेल भन्छन् ।
पीपलको                                  पातबाट मोबाइलको ब्याट्री चार्ज गर्नु विज्ञानलाई                                  चुनौती होइन त ? हो, सदरमुकाम विदुरबाट १७ किलोमिटर                                  टाढाको बेल्कोट गाविसका १, २ र ३ नं वडाका झन्डै                                  ५० वटा मोबाइलधारीहरू पीपलको पातबाटै आफ्नो मोबाइल                                  चार्ज गर्छन् । "दस दिन भयो बिजुलीबाट मोबाइल                                  चार्ज नगरेको, पीपलको पातबाटै चार्ज भइरहेछ,"                                  स्थानीय हरशिरण कँडेल भन्छन् । 
                                तर, पीपलको पातबाट मोबाइल चार्ज                                  हुनुको ठोस कारण भने उनीहरूलाई नै थाहा छैन । स्थानीय                                  माधवप्रसाद पौडेल भन्छन्, "खै कसरी पुष्टि                                  गर्ने ? बोटबिरुवा सजीव वस्तु भएकाले विद्युत् प्रवाह                                  भएको हुनसक्छ ।" 
                                मोबाइल चार्जको तरकिा पनि अनौठो                                  छ । प्रयोगकर्ताहरूको भनाइ अनुसार, पीपलको पातको                                  टुप्पोलाई 'अफ' गरएिको मोबाइलको ब्याट्रीले थिचेपछि                                  पात झुन्डिएको अवस्थामै मोबाइल 'अन' गरन्िछ, त्यसपछि                                  फेर ि'अफ' गरेर पातलाई निकालिन्छ । 'अन' गर्दा चार्ज                                  भइरहेको देखिन्छ । सवारी चालक जगन्नाथ त्रिपाठीले                                  यस्तो घरेलु उपाय गाउँमा भित्र्याएका रहेछन् । पीपलको                                  पातबाट नोकिया, जेडटीई कम्पनीका सेटहरू १० सेकेन्डमा                                  नै सजिलै चार्ज भइसक्ने दाबी उनको छ । 
                                यस्तो खबर पाएपछि नेपाल विज्ञान                                  तथा प्रविधि प्रतिष्ठान -रोनास्ट) ले बेल्कोटमा                                  पुगेर अनुसन्धान गरनिे जनाएको छ । 
सय जातको एउटै रूख                                 तपाइर्ंले                                  सय जात भएको एउटै रूख देख्नुभएको छ ? दक्षिणी भोजपुरको                                  सिन्द्राङ गाविस-९ स्िथत सङ्खामचुलीमुनिको भीरमा                                  त्यस्तै रूख भेटिएको छ । वर्षौंदेखि बूढापाकाले                                  यसलाई 'सय वृक्ष' भन्दै आएका छन् । ठूल्ठूला ढुङ्                                  गामाझ छ यो ठूलो र बूढो रूख ।
तपाइर्ंले                                  सय जात भएको एउटै रूख देख्नुभएको छ ? दक्षिणी भोजपुरको                                  सिन्द्राङ गाविस-९ स्िथत सङ्खामचुलीमुनिको भीरमा                                  त्यस्तै रूख भेटिएको छ । वर्षौंदेखि बूढापाकाले                                  यसलाई 'सय वृक्ष' भन्दै आएका छन् । ठूल्ठूला ढुङ्                                  गामाझ छ यो ठूलो र बूढो रूख । 
                                फेदमा हेर्दा सिङ्गो एउटा रूख                                  तर मध्यभागदेखि टुप्पोसम्म विभिन्न रूखका हाँगा                                  र पात स्पष्ट देखिन्छन् । एउटै रूखमा रहेका वर,                                  पीपल, श्रीस, धुपी, सल्लालगायत विभिन्न जातका वृक्षहरू                                  ऋतु अनुसार पग्लिन्छन् । विशेष अध्ययन र अनुसन्धान                                  नभएकाले वृक्ष कति पुरानो हो, यसै भन्न कठिन छ ।                                  "मेरा बाजेका बाजेले पनि यो रूखलाई यस्तै देखेका                                  रे," देवान्टार-६ का ७५ वषर्ीय बाजवीर काम्दुङ                                  भन्छन् ।