My Photo Galery

Jana Aandolan 2062/63

National & International Cricket Players &Team

Nepali Stamp Collection

Friday, August 3, 2007

दबाब र आतंकको राजनीति

दोलखा घटना साम्य पार्नुको साटो माओवादी नेतृत्व यसलाई निहुँ बनाएर अरू जिल्लामा पनि आगो सल्काउने अभियानमा तल्लीन देखिएको

माओवादी सरकारमा सामेल भइसकेपछि नेपाली कांग्रेस (प्रजातान्त्रिक)ले हुम्लाका सक्रिय कार्यकर्ता नेत्रबहादुर शाहीको दाहसंस्कार गर्नुपर्यो उनको हत्या गर्ने माओवादीमध्येका एक नन्दबहादुर शाहीलाई साउन १२ गते प्रहरीले पक्रिएर अदालती कारबाही अगाडि बढाएको तर, उनलाई निःर्सत रिहा गराउन उक्त हत्यामा संलग्न मानिएका अर्का माओवादी कार्यकर्ता शेरबहादुर पालको नेतृत्वको माओवादी समूहले स्थानीय प्रशासनलाई अल्टिमेटम मात्रै दिएको छैन, मेलछाम (पिलाङ) प्रहरीचौकीका प्रहरीहरूलाई निर्घाकुटपिट समेत गरेको हुम्लाका प्रमुख जिल्ला अधिकारी मधुसूदन बुलाकोटी भन्छन्, 'हामीले कानुनी कारबाही अगाडि बढाएका छौं तर, निःर्सत रिहा गर्न चर्को दबाब आइरहेको ' गृह मन्त्रालयका कर्मच्री भन्छन्, 'त्यहा पनि दोलखा घटनाको पुनरावृत्ति हुने सम्भावना '

२०६३ फागुनमा माओवादीद्वारा अपहरण गरिएका हुम्ला जिल्ला कार्यसमितिका सदस्य शाहीलाई माओवादीले हत्या गरेर कर्णाली किनारामा ङ्खयाकिएको अवस्थामा चार महिनापछि फेला पारिएको थियो गत असार गते श्रद्धाञ्जली अर्पण गर्न पशुपति आर्यघाट पुगेका नेपाली कांग्रेस

(प्रजातान्त्रिक)का सभापति शेरबहादुर देउवाले झिनो स्वरमा दुःख पोखेका थिए- माओवादीले आङ्खनो व्यवहार नसच्याउने हो भने संविधानसभाको चुनाव सम्भव छैन

दोलखा घटना साम्य पार्नुको साटो माओवादी नेतृत्व यसलाई निहुँ बनाएर अरू जिल्लामा पनि आगो सल्काउने अभियानमा तल्लीन देखिएको राजधानीमा केन्द्रित गरिएका योङ कम्युनिस्ट लिग (वाइसिएल)का कार्यकर्ताहरूको सहयोगमा दोलखापछि छिमेकी जिल्लाहरू सिन्धुपाल्चोक काभ्रेमा 'आन्दोलन' छेड्ने धम्की ती जिल्लाका माओवादी नेतृत्वले दिइरहेका छन् जिल्लाहरूमा वाइसिएलले कानुन हातमा लिएर नागरिक प्रशासनलाई आङ्खनो निर्देशनमा काम गर्न दबाब दिइरहेका बेला देउवाले साउन १५ मा माओवादी नेतृत्वसमक्ष फेरि प्रश्न दोहोर्याएका छन्, 'के यस्तै अवस्थाबीच संविधानसभाको निर्वाचन सम्भव हुन्छ ?'

No comments: