My Photo Galery

Jana Aandolan 2062/63

National & International Cricket Players &Team

Nepali Stamp Collection

Wednesday, August 29, 2007

दस सफा मुलुक

हामीकहाँ मुलुकको राजधानीमा समेत कहिले महानगरपालिका र फोहोर फाल्ने कर्मचारीबीचको पौँठेजोरी त कहिले डम्पिङ् साइटका बासिन्दाको हडतालका कारण सहरको मुटुमै फोहोर थुपि्रएको हुन्छ । तर, केही युरोपेली र अङ्ग्रेजीभाषी पश्चिमा मुलुकले संसारकै सबैभन्दा सफा देशको कीर्तिमान राखेका छन् । संसारका सबैभन्दा सफा १० मुलुकमा एउटै पनि एसियाली मुलुक परेको छैन ।

  • १ फिनल्यान्ड
  • २ नर्वे
  • ३ क्यानाडा
  • ४ स्वीडेन
  • ५ स्वीट्जरल्यान्ड
  • ६ न्युजिल्यान्ड
  • ७ अस्ट्रेलिया
  • ८ अस्टि्रया
  • ९ आइसल्यान्ड
  • १० डेनमार्क

विद्यार्थी बटुल्ने होडबाजी

आधा दर्जन शिक्षकको डप् mफासहित प्राचार्य चेतनाथ दाहाल झोलामा पर्चा बोकेर विद्यार्थी खोज्न गाउँघर पसेका छन् । गत वर्ष उदयपुरको रामपुरठोक्सिला गाविस-८ गुरुङचौरीमै उच्च माध्यमिक विद्यालय सञ्चालन भएपछि विद्यार्थीको घरदैलो पुग्ने क्रम सुरु भएको हो ।

क्याम्पस पढ्नका निम्ति झिटीगुन्टा कसेर सहरतिर हिँड्न लागेका विद्यार्थीलाई उनीहरू सम्झाउँदैछन् । "हाम्रो एक मात्र मिसन पहाडी भेगका विद्यार्थीलाई हाम्रो उच्च माविमा भर्ना हुन प्रोत्साहित गर्नु हो," शिक्षक समीर गुरुङ भन्छन् । कोसी उच्च माविका शिक्षक पनि दोब्बर विद्यार्थी भर्ना गर्ने प्रतिस्पर्धामा गाउँ पसेका छन् ।

सहरका उच्च मावि र क्याम्पसहरू होर्डिङ्बोर्ड र ठूल्ठूला विज्ञापनबाट विद्यार्थी तान्ने होडबाजीमा लागेका बेला ग्रामीण भेगका उच्च माविहरूले विद्यार्थी बटुल्ने यो नयाँ काइदा निकालेका हुन् । यसलेे गाउँको शैक्षिक स्तर उकास्न मद्दत पुर्‍याउने स्थानीयवासीहरूको अपेक्षा छ ।

पीपलको पातमा मोबाइल चार्ज

पीपलको पातबाट मोबाइलको ब्याट्री चार्ज गर्नु विज्ञानलाई चुनौती होइन त ? हो, सदरमुकाम विदुरबाट १७ किलोमिटर टाढाको बेल्कोट गाविसका १, २ र ३ नं वडाका झन्डै ५० वटा मोबाइलधारीहरू पीपलको पातबाटै आफ्नो मोबाइल चार्ज गर्छन् । "दस दिन भयो बिजुलीबाट मोबाइल चार्ज नगरेको, पीपलको पातबाटै चार्ज भइरहेछ," स्थानीय हरशिरण कँडेल भन्छन् ।

तर, पीपलको पातबाट मोबाइल चार्ज हुनुको ठोस कारण भने उनीहरूलाई नै थाहा छैन । स्थानीय माधवप्रसाद पौडेल भन्छन्, "खै कसरी पुष्टि गर्ने ? बोटबिरुवा सजीव वस्तु भएकाले विद्युत् प्रवाह भएको हुनसक्छ ।"

मोबाइल चार्जको तरकिा पनि अनौठो छ । प्रयोगकर्ताहरूको भनाइ अनुसार, पीपलको पातको टुप्पोलाई 'अफ' गरएिको मोबाइलको ब्याट्रीले थिचेपछि पात झुन्डिएको अवस्थामै मोबाइल 'अन' गरन्िछ, त्यसपछि फेर ि'अफ' गरेर पातलाई निकालिन्छ । 'अन' गर्दा चार्ज भइरहेको देखिन्छ । सवारी चालक जगन्नाथ त्रिपाठीले यस्तो घरेलु उपाय गाउँमा भित्र्याएका रहेछन् । पीपलको पातबाट नोकिया, जेडटीई कम्पनीका सेटहरू १० सेकेन्डमा नै सजिलै चार्ज भइसक्ने दाबी उनको छ ।

यस्तो खबर पाएपछि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान -रोनास्ट) ले बेल्कोटमा पुगेर अनुसन्धान गरनिे जनाएको छ ।

सय जातको एउटै रूख

तपाइर्ंले सय जात भएको एउटै रूख देख्नुभएको छ ? दक्षिणी भोजपुरको सिन्द्राङ गाविस-९ स्िथत सङ्खामचुलीमुनिको भीरमा त्यस्तै रूख भेटिएको छ । वर्षौंदेखि बूढापाकाले यसलाई 'सय वृक्ष' भन्दै आएका छन् । ठूल्ठूला ढुङ्  गामाझ छ यो ठूलो र बूढो रूख ।

फेदमा हेर्दा सिङ्गो एउटा रूख तर मध्यभागदेखि टुप्पोसम्म विभिन्न रूखका हाँगा र पात स्पष्ट देखिन्छन् । एउटै रूखमा रहेका वर, पीपल, श्रीस, धुपी, सल्लालगायत विभिन्न जातका वृक्षहरू ऋतु अनुसार पग्लिन्छन् । विशेष अध्ययन र अनुसन्धान नभएकाले वृक्ष कति पुरानो हो, यसै भन्न कठिन छ । "मेरा बाजेका बाजेले पनि यो रूखलाई यस्तै देखेका रे," देवान्टार-६ का ७५ वषर्ीय बाजवीर काम्दुङ भन्छन् ।

No comments: