My Photo Galery

Jana Aandolan 2062/63

National & International Cricket Players &Team

Nepali Stamp Collection

Monday, August 13, 2007

यू-१९ क्रिकेट टिमको हार

मलेसियामा हुने यू-१९ एलाइट कपका लागि अभ्यास म्याच खेल्न श्रीलंका पुगेको नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिम स्थानीय कोलम्बो क्रिकेट क्लबसँग सात विकेटले पराजित भएको छ ।

नेपाल क्रिकेट संघ -क्यान) ले दिएको जानकारीअनुसार आइतबार भएको अभ्यास खेलमा पहिले ब्याटिङ गरेको नेपाली टिमले निर्धारित ५० ओभरको खेलमा २७.२ ओभरमा सबै विकेट गुमाउँदै ९२ रन बनाएको थियो । नेपालका लागि पारस खडकाले १७ तथा महेश क्षेत्रीले १४ रनको योगदान दिएका थिए ।

नेपाली क्रिकेट टोली र कोलम्बो क्रिकेट क्लबबीचको २०-२० खेलमा नेपाली टिमले ४ विकेटको जित हात पारेको छ । कोलम्बोले ५ विकेट क्षतिमा १ सय २५ रन बनाएको थियो । जवाफमा नेपालले १९.२ ओभरमा ६ विकेट गुमाउँदै जित हात पार्‍यो । नेपाली टिमका आकाश गुप्ताले २५, महेश क्षेत्रीले १७ तथा पारस खडकाले १२ रनको योगदान दिएका थिए ।

No comments: