My Photo Galery

Jana Aandolan 2062/63

National & International Cricket Players &Team

Nepali Stamp Collection

Wednesday, August 29, 2007

नेपाली साइनो

माथि कतिपय प्रसङ्गमा उल्लेख गरएिझैँ भुकपाले गर्न लागेको जनयुद्धको तयारी र कार्यशैली सबै नेपालका माओवादीसँग मिल्छ । र, त्यसले उनीहरूबीच घनिष्ठ सम्बन्ध रहेको पनि जनाउँछ । समाचार स्रोतका अनुसार, भुटानी माओवादीहरू नेपाली माओवादीबाट प्रभावित भएका मात्र होइनन्, वैचारकि र भौतिक सहयोगसमेत पाएका छन् । स्रोतका अनुसार, भुकपाका नेता-कार्यकर्तालाई सैन्य, सैद्धान्तिक र सांस्कृतिक सबैखाले तालिम नेकपा माओवादीकै नेता एवम् प्रशिक्षकहरूले पूर्वी नेपालमा दिएका थिए ।

नेपाल र भुटानका माओवादीलाई जोड्ने पछिल्लो माध्यम दक्षिण एसियाली माओवादी पार्टीहरूको मोर्चा 'कम्पोसा' पनि बनेको छ, जसको सदस्य दुवै पार्टी छन् । गत पुस ११-१५ मा नेकपा माओवादीले आयोजना गरेको माओवादी पार्टीहरूको अन्तर्राष्ट्रिय सेमिनारमा भुकपा पनि सहभागी थियो । सो सेमिनारको आयोजक रहेको नेकपा माओवादीको अन्तर्राष्ट्रिय कमान्ड -हाल ब्युरो) का इन्चार्ज सीपी गजुरेल 'गौरव' भन्छन्, "हाम्रो सिद्धान्त एउटै र नेपाली मूलकै भएकाले हामी -उनीहरूसित) नजिक छौँ ।"

भुकपामा आफ्नै पार्टीबाट प्रेरणा लिएका र सिकेका मान्छे भएको बताउँदै गौरव भन्छन्, "फौजी रणनीति र कार्यनीतिको सवालमा उहाँहरूलाई मद्दत गर्नसक्छाँै र गररिहेका पनि छाँै तर भौतिक सहयोग गर्न सक्दैनाँै ।"

नेपालका माओवादी मूलधारको राजनीतिमा पूर्ण रूपले प्रवेश गरे भने भुटानी 'कमरेड' हरूसँग वैचारकि सामीप्य मात्र रहनसक्छ । तर, संविधानसभाको चुनाव नहुने, नेपालका माओवादीले जनविद्रोहको लाइन लिने र त्यसले गर्दा भारतसँग सम्बन्ध बिग्रने हो भने भुटान र नेपालका माओवादीबीच भौतिक सहकार्यसमेत हुने सम्भावना रहेको जानकारहरू बताउँछन् । भुकपाको नेकपा माओवादीसँग मात्र नभई भारतीय कम्युनिस्ट पार्टी माओवादीसँग पनि निकटको सम्बन्ध रहेको छ ।

No comments: